site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुवेत लैजाने भन्दै ३ सयजनालाई ठगी, न्यायका लागि विभाग धाउँदै युवा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्ला तीन दिनदेखि बिहानको १० बज्न नपाउँदै युवाहरुको एक समूह वुद्धनगरमा रहेको वैदेशीक रोजगार विभाग अघिल्तिर जम्मा भइहाल्छन् ।
धेरैजनाको एउटै स्वर हुन्छ–पक्राउ परेको दलालले रकम दिन नमाने दलाललाई हाम्रो जिम्मा दिनुस् हामी निकाल्छौं हाम्रो पैसा ।’ आक्रोशित अवस्थामा रहेका सयभन्दा बढी युवा मंगलबार र बुधबार पनि दिनभर विभागको अघिल्तिर जम्मा भएका थिए ।

तीमध्ये कतिले भन्दैथिए– हामीजस्ता तीनसय युवालाई कुवेत लैजाने भनेर पैसा उठाएर भाग्यो । अहिले पक्राउ गरेर विभागमा ल्याइएको छ । न विदेश पठायो न पैसा नै फिर्ता गर्यो ।”

तर भीडमै रहेका केही युवाले तीनसय एउटै कम्पनीमा पठाउने भनेर ठगी गरेको बताउँछन् भने कतिले त्यो संख्याा ६ सय रहेको पनि दाबी गर्छन् । 
कतिजना ठगिएका छन् भन्ने विभागलाई समेत जानकारी छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं जयबागेश्वरीमा रहेको बजाज ओभरसिजका प्रेम सिँह नामका व्यक्तिले कुवेतका दुई कम्पनी ग्लोबल एक्सन र गल्फ कोस्टमा काम लगाईदिने भन्दै कम्तिमा पनि ३ सय जनासँग १५ हजारदेखि २ लाखसम्म रकम उठाएका थिए । 

सबै युवालाई नक्कली कागजात बनाएर देखाउने अनि पैसा असुल्ने काम गरेका थिए ।

Global Ime bank

“सबै कागजपत्र उसले सक्कली जस्तै बनाएको रहेछ, हामीले पनि होला भन्ने विश्वास गर्यौं, आखिर धेरै महिनासम्म पनि नउडाएपछि हामीले खोजी गर्दै जाँदा सबै कुरा गलत सावित भयो” ठगीनेमध्ये कैलालीका एक युवाले भने । 

प्रहरीले पक्राउ गरी मंगलबार विभागमा बुझाएपछि भेला भएका ती यूवा बुधबार पनि बिहानैदेखि त्यसैगरी गेटको वरिपरी घुमिरहेका थिए ।

विभागमा उपस्थित गराइएको भएपनि समय अभावका कारण हिरासतमा राखेको प्रहरीले बुधवार बिहान ११ बजेतिर जब प्रेमसिंहलाई गाडीमा राखेर ल्याउँदै गर्दा युवाहरु गेटमै बसिसकेका थिए ।

प्रहरीले जबर्जस्ती भीड पन्छाएर सिँहलाई भित्र लगेपछि गेटबाहिर रहेका पीडित युवाहरु झनै आक्रोशित भएका थिए ।

 

उल्टै पीडितलाई धम्क्याउने !
 

गेटमा रहेका युवाहरुको समूहलाई आफू प्रहरी अधिकृत भएको बताउँदै सिँह नजिकका व्यक्तिले युवालाई नै धम्क्याउने गरेका थिए । आक्रोशित युवाहरुले ‘प्रहरी हुँ’ भन्दै धम्क्याउने दुईजनालाई कुटपीट गर्न लागेपछि प्रहरीले ती दुईजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार ती वास्तविक प्रहरी भने होइनन् ।


को हुन् प्रेमसिंह ?
 

सर्लाही घर बताउने प्रेम सिँह पनि वास्तविक नाम नभएको विभाग स्रोतको दाबी छ । उनको वास्तविक नाम भने रामेश्वर सिंह भएको विभाग स्रोतले जानकारी दिएको छ ।

उनी अघिल्लो वर्षदेखि नै सयौं युवाहरुसँग रकम उठाएर सम्पर्कविहीन भएका थिए ।

 

युवाको माग–हामीलाई हाम्रो पासपोर्ट र पैसा चाहियो 

“सबैसँग रकम उठाएर गुमनाम भएको व्यक्तिलाई हामीले नै पक्राउ गरेर प्रहरीमा बुझाएका छौं, अब हामीले न्याय पाउनुपर्यो । हामीले त्यो व्यक्तिलाई भौतिक कारवाही गरेका छैनौं, त्यस्तो हाम्रो सोचाई पनि छैन, हामीलाई हाम्रो पासपोर्ट र बुझाएको पैसा चाहियो । त्यो अब  वैदेशिक रोजगार विभाग र सरकारको कर्तव्य हो । यदि हामी सक्दैनौं भन्ने हो भने ती व्यक्ति हाम्रो जिम्मामा दिनुपर्यो,” अधिकांश युवा एउटै स्वरमा विभागको गेटमा चिच्याइरहेका भेटिन्छन् ।

विभाग भन्छ – बयान लिदैछौं 

वैदशिक रोजगार विभागले यस बिषयमा अनुसन्धान शुरु गरिएको बताएको छ । विभागका प्रवक्ता मोहन अधिकारीले भने, “हामीले अनुसन्धान शुरु गरिसकेका छौं । मंगलबारदेखि हामीले बयान लिएका छौं । बाँकी अनुसन्धान पनि गर्दैछौं । उनीबाट कति ठगिएका छन् भन्नेबारेमा पनि अनुसन्धान हुँदैछ । अनुसन्धान पूरा गरेपछि कारवाही प्रक्रिया अघि बढ्न ।”

प्रवक्ता अधिकारीले कतिले रकम बुझाएका हुन् या कति जना ठगिएका हुन् भन्ने अहिलेसम्म स्पष्ट नभए पनि सयौं ठगिएको अनुमान गरिएको बताए । उनले भने, “यति नै भन्न्ने संख्या एकिन छैन तर ३ सय जति ठगि गरेको भन्ने कुरा आएको छ । केही पीडित अझै विभागमा आइसकेका छैनन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC