site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । काबुलमा पर्सियाली नयाँ वर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको मृत्यु भएका अफगानी अधिकारीले जनाएका छन् । 

मृतकमध्ये अधिकांश किशोरकिशोरी रहेका बताइएको छ । उक्त घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही गम्भीर रूपमा घाइते भएका बताउँदै अफगानी स्वास्थ्य मन्त्रालयले मृतक सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर गृह मन्त्रालयका गृहमन्त्रालयका प्रवक्ता नसरत रहिमीले २६ जनाको मृत्यु भएको र १८ जना घाइते भएका बताए । आक्रमणमा मारिएका तथा घाइते सवै सर्वसाधारण रहेको जनाइएको छ । 

घटनाको इश्लामिक स्टेट समूहको अमाक नामक सञ्चारमाध्यम मार्फत जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिवानी समूहले भने ट्वीटरमार्फत घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो । 

Global Ime bank

आक्रमणकारी पैदलयात्रीका रूपमा काबुल विश्वविद्यालय तथा एक अस्पताल नजिकै पुगेपछि तामझामले नयाँ बर्ष मनाइरहेका युवाहरूलाई लक्षित गरी बिष्फोट गराएको रहिमीले बताए ।  

अफगानिस्तानको राजधानीमा भराइए ठूला विष्फोटमध्ये यो पाँचौँ आक्रमण हो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC