site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पहिलो संविधान सभाले नेपाललाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह विधिवत् सामान्य नागरिक हुन पुगेका हुन् । राज्यले उनलाई पूर्व राष्ट्राध्यक्षका रूपमा सुविधा र सुरक्षा उपलब्ध गराउँदै आएको छ । उनलाई नागार्जुन दरबार आवासका रूपमा दिइएको छ । सुरक्षाकर्मीहरूको ठूलै डफ्फा उनको सुरक्षामा तैनाथ गरिएको छ । शाह स्वतन्त्रतापूर्वक देश र विदेशमा आवागमन गरिरहेका छन् । साथै, उनले पूर्वपञ्चहरूप्रतिको आफ्नो मोह र निकटता लुकाएका पनि छैनन् । यही क्रममा अहिले एउटै नामका ३ वटा राष्ट्रिय प्रजातन्त्र पाटीमा छरिएका पूर्वपञ्चहरूलाई एकत्रित गराउन उनले झापामा तीनैवटा राप्रपाका नेतालाई बोलएर सल्लाह सुझाव दिएको समाचार सार्वजनिक भएको छ । हुनत, झापा बैठक उनको सक्रिय राजनीतिमा फर्कने चाहनाको संकेत पनि हुनसक्छ तर यससम्बन्धी समाचारमा त्यसको सन्देश भने देखिँदैन ।

पूर्व पञ्चहरूलाई एकत्रित गराउन ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँग सल्लाह गरेका विषयमा आपत्ति वा आश्चर्य प्रकट गर्नुपर्ने कारण पनि देखिँदैन । यसभन्दा पहिले ज्ञानेन्द्र शाह भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न लखनौ पुगेको र त्यहाँ उनले राजनीतिक छलफल गरेको समाचार पनि सार्वजनिक भएको थियो । कट्टर दक्षिणपन्थी छवि भएका योगी आदित्यनाथले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा हुँदा असन्तुष्टि प्रकट गरेका थिए । त्यस्तै उनले नेपालमा हिन्दु राजतन्त्र हुनुपर्छ भन्ने आशयका अभिव्यक्ति पनि दिएका थिए । पूर्वपञ्चहरूको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरोध गर्दैआएको छ । यस्तो अवस्थामा पूर्वपञ्चहरूलाई एकत्रित गराउन ज्ञानेन्द्र शाहको प्रत्यक्ष परोक्ष सक्रियतालाई बेवास्ता गर्नु भने बुद्धिमानी हुनेछैन । तर, सामान्य नेपाली नागरिकका रूपमा नेपालको राजनीतिमा सक्रिय हुने ज्ञानेन्द्र शाहको अधिकारलाई भने नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको छ । राज्य वा अरू कसैले उनलाई निषेध गर्नु पनि मिल्दैन ।

Prabhu Bank
Agni Group
NIC Asia

राजतन्त्र र हिन्दुराष्ट्रको समर्थक मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनवटै घटकले गत निर्वाचनमा भाग लिएका थिए । उनीहरूमध्ये कमल थापा नेतृत्वको राप्रपाका एक जना उमेदवारमात्र नेकपा (एमाले)को समर्थनमा प्रतिनिधि सभा सदस्यमा विजयी भए । कुनै पनि राप्रपा राष्ट्रिय पार्टी हुनसकेन । यसबाट अहिले ज्ञानेन्द्र शाहले प्रबर्धन गर्न खोजेको गणतन्त्र र धर्मनिरपेक्षता विरोधी विचार नेपाली जनताबाट अस्वीकृत भएको पुष्टि हुन्छ । निर्वाचनमा कम्युनिस्ट गठबन्धनलाई नेपाली जनताले सुविधाजनक बहुमत दिएका छन् । अर्थात्, अहिले राजनीतिक स्थिरताका पक्षमा जनादेश प्रकट भएको छ । गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध संगठित सक्रियता राजनीतिक अस्थिरताको कारक हुनसक्छ । यसैले यस्तो गतिविधिप्रति सरकार गम्भीर हुनु जरुरी भएको हो । साथै, ज्ञानेन्द्र शाह संविधानविपरीत जनमत बनाउन राजनीतिमा सक्रिय हुने हो भने राज्यले उनलाई दिएको सुविधा र सुरक्षाका विषयमा भने पुनर्विचार गर्नुपर्छ । ज्ञानेन्द्र शाहले मात्र हैन पूर्व वा बहालवाला कुनै पनि उच्च पदाधिकारीे देशमा अस्थिरता बढाउन सक्रिय हुने हो भने राज्यको सुविधा र सुरक्षा लिन मिल्दैन । राज्यकै सुविधा भोग गरेर संविधान मास्ने षड्यन्त्र क्षम्य हुनसक्तैन । सामान्य नागरिकसरह अधिकार उपभोग गर्न सर्वसाधारणकै हारमा उभिनुपर्छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC