चितवन । चितवनको रत्ननगरमा पहिलोपटक अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
उदाँउदो महिला क्रिकेट क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि २५ गतेसम्म रत्ननगरस्थित नेपाल माविको खेल मैदानमा प्रतियोगिता हुँदैछ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका क्रिकेट टिम सहभागी हुँदैछन् । नेपालका तीन टिम, बंगलादेशको एउटा टिम र भारतको दुई गरी ६ टिमको सहभागिता रहने आयोजक उदाँउदो महिला क्रिकेट क्लबकी अध्यक्ष आरती बिंडारीले जानकारी दिइन् ।
खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्अन्तर्गत घरेलु प्रतियोगिता नियमावलीमा रहेर २० ओभरको खेलाइने बिंडारीले बताइन् ।
नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै स्थानीयस्तरमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको बिंडारीले बताइन् ।