site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इभान्का ट्रम्प र उत्तर कोरियाका अधिकारी एकैसाथ ओलम्पिक समारोहमा सहभागी हुँदै !
Sarbottam CementSarbottam Cement

एजेन्सी । ओलम्पिकको अन्तिम समारोहका लागि उत्तर कोरियाबाट फेरि उच्च प्रतिनिधिहरु तीन दिनको भ्रमणमा आउने भएका छन् भने अर्कोतर्फ अमेरिकाबाट राष्ट्रपति ट्रम्पकी छोरी इभान्का पनि उपस्थित हुने रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाबाट आउने प्रमुख अधिकारीहरु मध्येका जर्नेल किम योङ छोललाई २०१० मा ४६ यात्रु बोकेको दक्षिण कोरियाली जहाज दुर्घटनाका दोषी बताइँदै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

किम योङ छोलकै नेतृत्वमा उत्तर कोरियाली अधिकारीहरु दक्षिण कोरिया आउने भएपछि अहिले यसबारे विभिन्न विवाद भइरहेको छ । २०१० मा भएको जहाज डुबानका लागि को जिम्मेवार छ भन्ने ठोस प्रमाण नभएपनि त्यस समय उनलाई नै दोषी ठहर्याइएको एकिकरण मन्त्रीले बताएका छन् । 

उत्तर कोरियाका इन्टेलिजेन्स चिफका रुपमा रहेका योङ छोलमाथि दक्षिणमा थुप्रै पटक हमलाको षड्यन्त्र रचेको आरोप रहेको छ । 

Global Ime bank

यति हुँदाहुँदै पनि उनलाई दक्षिण कोरियाले खेलको माहोलका लागि स्वागत गर्ने निर्णय गरेको बताएको छ । उनको आगमनले दक्षिण कोरिया र उत्तर कोरियाबीच मुख्य विवाद र लडाई सम्बन्धि मुद्दा समाधान हुने दक्षिणको विश्वास रहेको बताइएको छ ।

यसरी अमेरिका र उत्तर कोरियाका प्रतिनिधिहरु एकैसाथ एउटै कार्यक्रममा उपस्थित हुने  भएपनि उनीहरुबीच कुनै भेटवार्ता नहुने अमेरिकी प्रशासनले बताएको छ । 

उता अमेरिकाबाट सहभागी हुने इभान्काको भने राष्ट्रपति मुनसँग खानपिन र वार्ताको कार्यक्रम रहेको जानकारी दिइएको छ । यसअघि भने उत्तर कोरिया र अमेरिकाबीच बैठक तय भएपनि अन्तिम समयमा उत्तर कोरियाले रद्द गराएको थियो । तर यसपटक दुवै देशबीच कुनै ओपचारिक भेट नहुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC