काठमाडौं । गायक शिव लामिछानेको गीत ‘जय नेपाल...’ सार्वजनिक भएको छ । चाहे माया गर, किन दुख्छ मुटु मेरो लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछाने शिवाजको नामले सांगीतिक दुनियामा परिचित छन् ।
उनले यस गीतलाई आफू अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा सार्वजनिक गरेका हुन् ।
युट्युब मार्फत सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरिङ छन् ।
गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ । “गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ,” शिव भन्छन्, “गीत मार्फत हामीले हिमाललाई संस्कृतिसँग जोड्ने प्रयास गरेका छौं ।”
गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ ।