काठमाडौं । महिलाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर निर्माण गरिएको अक्षय कुमारको फिल्म ‘प्याडम्यान’ माथि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानको फेडरल सेन्सर बोर्डले पाकिस्तानको सभ्यता र संस्कृति विरुद्ध भएकाले अक्षय कुमारको फिल्ममाथि प्रतिवन्ध लगाइएको बताएको छ ।
फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको ‘प्याडम्यान’ लाई दर्शकहरुले भारतमा अत्यन्तै रुचाइएका छन् । यो फिल्म प्रदर्शनका लागि लागि पाकिस्तानको बितरकले अनुमतिका लागि पहल गरेपनि फेडरल सेन्सर बोर्डले अस्वीकार गरेको छ ।
फेडरल सेन्सर बोर्डले यौनाङ्गसँग जोडिएको विषयमा बनाइएको फिल्म प्रदर्शनका लागि अनुमति दिन नसकिने स्पष्ट पारेको छ । अभिनेता अक्षय कुमार, निर्मात्री ट्विंकल खन्ना र आर बाल्कीको निर्देशनमा बनेको फिल्म ‘प्याडम्यान’ माहिनावारी समस्यामा आधारित छ ।