site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लियोनसँग लिग लिडर पिएसजी पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।  आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित पिएसजी लियोनसँग २ – १ ले पराजित भएको हो ।

घरेलु मैदानमा लियोनलाई जित दिलाउन नबिल फिकिर र मेम्फिस डिपेले समान एक एक गोल गरे । पिएसजीका लेभिन कुर्जावाले एक गोल फर्काए । योसँगै पिएसजीले यो सिजन लिगमा दोस्रो हार बेहोरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पिएसजीविरुद्ध जित निकाल्न लियोनले पहिलो हाफको दोस्रो मिनेटमा फिकिरको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, नेयमारबिना मैदान उत्रेको पिएसजीले खेलको ४५ औं मिनेटमा बराबरी फर्कायो । 

पिएसजीका कुर्जुवाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए ।

Global Ime bank

दोस्रो हाफमा पिएसजी १० खेलाडीमा सिमित भयो । खेलको ५७ औं मिनेटमा ड्यानियल अल्भेसले रातो कार्ड खादै मैदानबाट बाहिरिदा पिएसजी १० खेलाडीमा सीमित भएको थियो । जसको फाईदा लियोनले लियो । त्यसपछि खेलको ९० औं मिनेटमा डिपेले गोल गर्दै लियोनलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

यो जितपछि लियोन फ्रेन्च लिगको दोस्रो स्थानमा उक्लिएको छ । लियोनले ४८ अंक जोडेको छ । पराजित पिएसजी ५६ अंकसहित शिर्ष स्थानमा यथावत रहेको छ । लिगको तेस्रो स्थानको मार्सेलीको ४७ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC