site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीका रत्न उपाधि नजिक 
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि नजिक पुगेको छ ।  शुक्रबार भएको सेमिफाईनलमा सुदूरपश्चिमका उदियमान खेलाडी प्रिन्स दाहाललाई हराउदै रत्न फाइनलमा पुगेका हुन् ।

महेन्द्रनगरस्थित कभर्डहलमा प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट प्रिन्स दाहालले २१ – १५ ले जितेका थिए । तर, दोस्रो सेटमा रत्नमाथि  १५–१४ को अग्रता कायम गरेको अवस्थामा कोर्टमा प्रिन्स घाईते भए । कोर्टमा लडेर घाइते भएका प्रिन्स दोस्रो सेटमा रत्नसँग २१–१५ अंकले पराजित भए । अन्तिम तथा निर्णायक खेलमा रत्न ८ – ३ ले अघि रहेका बेला प्रिन्सले खेल छाडेपछि रत्न फाइनलमा पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अब रत्नले उपाधिको लागि एपिएफका दिपेश धामीसँग खेल्ने छ । धामीले आर्मीका नविन श्रेष्ठलाई २१–१३, २१–९ले पाखा लगाउंदै रत्नसंगको भेट पक्का गरेका हुन् ।

महिला एकलमा आर्मीकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्क्षा श्रेष्ठसंग फाईनलमा खेने भएकी छिन् । नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१–१३, २१–११ले पाखा लगाईन् । यस्तै शिक्षाले आर्मीकी अमिता गिरी माथि २२–२०, २१–१५ को जित निकालिन ।

Global Ime bank

यस्तै पुरुष जोडी तर्फको खेलमा आर्मीका रत्नजित र नविन श्रेष्ठको जोडलिे फाईनलमा उपाधीको लागि एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ । तामाङ्गको जोडीले सेमिमा एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१–१५, २१–१५ को समान अन्तरले पराजत गर्दै फाईनmल प्रवेश गरेका हुन् । यस्तै दिपेशको जोडीले आर्मीका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २२–२०, २१–१७ ले पराजित गरे ।

महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्ष श्रेष्ठको जोडी फाईन पुगे । श्रेष्ठ जोडीले आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडीलाई २१–९, २१–८ले पाखा लगाउंदै फाईनलमा आर्मीका नङ्गशल र अनुमायाको जोडी संग भेट पक्का गरे । नङ्गशल र अनुको जोडीले पूर्वाञ्चलका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१–१५, २३–२५ र २१–१९ को जित निकाले ।

त्यस्तै मिस्क जोडी तर्फको खेलमा आर्मीका नङ्गशल र रत्न दिदिभाईको जोडीले एपिएफका साजन कृष्ण ताम्रकार र शिक्षा श्रेष्ठको जोडीलाई २१–१८, २१–११ले र एपिएफका विजित थापा मगर र शोभा गौचनको जोडीले आफ्नै क्लबका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१४, १६–२१, २१–१८ले पराजित गर्दै फाईनल भेट पक्का गरेका छन्  ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC