site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सी लेष्टरसँग बराबरीमा रोकियो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको बिजेता चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १० खेलाडीमा सिमित लेष्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा पाएको केहि मौका गुमाउदा चेल्सी बराबरीमा रोकिन बाध्य भएको हो । बल पोजिसनमा पकड जमाएपनि  गोल गर्न नसक्दा चेल्सी पछिल्लो तीन खेलमा लगातार बराबरी खेल्न बाध्य बनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा लेष्टरले पनि चेल्सीको पोष्टमा केहि उकृष्ट प्रहारहरु गरेको थियो । तर, गोलमा परिणत हुन् नसक्दा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको ६९ औं मिनेटमा बेन चिलवेलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा लेष्टर १० खेलाडीमा सिमित भएको थियो । तर, चेल्सीले लेष्टर १० खेलाडीमा सिमित भएको फाइदा उठाउन सकेन । 

यो बराबरीपछि चेल्सीले लिगको दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । लिगको तेस्रो स्थानको चेल्सीको ४७ अंक छ । लिगको शिर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक रहेको छ । आठौं स्थानको लेष्टर सिटीको ३१ अंक छ ।

Global Ime bank

प्रिमियर लिग अन्तर्गत शनिबार राति वेष्ट ह्यामले हर्डसफिल्ड टाउनलाई ४ – १ वेष्ट ब्रुमले ब्राइटनलाई २ – ० ले र क्रिस्टल प्यालेसले बर्नलीलाई १ – ० ले पराजित गरेको छ । वाट्फोर्ड र साउथ ह्याम्पटनले २ – २ गोलको बराबरी खेल्दा न्युकासल र स्वान्सीले १ – १ गोलको बराबरी खेलेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC