site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारको दुई गोल, पिएसजीलाई सफलता
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबल लिग वनमा साबिकको बिजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेनसलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले रेनसलाई ४ – १ ले पराजित गरेको हो ।

दुवै टोलि १० – १० खेलाडीमा सीमित भएको खेलमा पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

रेनसका फिर्मिन मुबेलेले एक गोल फर्काए । खेलको दोस्रो हाफमा रेनसका बेन्जामिन आन्द्रे र पिएसजीका प्रेसनेल किमपेम्बेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि दुवै टोलि १० खेलाडीमा समेटिएको थियो ।

यो जितपछि पिएसजीले लिगमा आफ्नो अग्रता कायमै राखेको छ । पिएसजीले १८ खेलबाट ४७ अंक जोडेको छ । पराजित रेनस २५ अंक जोडेर छैटौं स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको ३८ अंक छ । मोनाकोले शनिबार राति नै सेन्ट इट्टीनेलाई ४ – ० ले हराएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC