site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हडर्सफिल्डमाथि चेल्सीको जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३ – १ ले पराजित गरेको हो ।

हडर्सफिल्डलाई उसैको घरेलु पराजित गर्न चेल्सीका लागि टाईमोउ बकायोको,विलियन र पेड्रो रोड्रीगेजले समान एक एक गोल गरे । घरेलु टोलीका लागि लौरेन्ट डेपोइट्रेले एक गोल फर्काए । गत शनिबार वेष्ट ह्यामसँग स्तब्ध चेल्सीले यो जितसँगै प्रिमियर लिगको उपाधि यात्रामा आफ्नो दाबेदार कायम राखेको छ । शनिबार भएको खेलमा चेल्सी वेष्ट ह्यामको हातबाट १ – ० ले पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तुलनात्मक कमजोर टोलि हडर्सफिल्डविरुद्ध चेल्सीले सुरुवातबाटै आक्रामक खेल खेलेको थियो । जसको कारण पहिलो हाफमै चेल्सीले दुई गोल गर्न सक्यो । खेलको २३ औं मिनेटमा बकायोकोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको ४३ औं मिनेटमा विलियनले गोल गरेपछि पहिलो हाफमा चेल्सी २ – ० ले अघि रह्यो ।

दोस्रो हाफको सुरुवातमै चेल्सीले तेस्रो गोल गर्यो । खेलको ५० औं मिनेटमा पेड्रोले चेल्सीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ९० औं मिनेटमा हडर्सफिल्डका लौरेन्टले एक फर्काएपनि चेल्सीले ३ – १ को सहज जित निकाल्यो ।

Global Ime bank

यो जितसँगै चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबर गरेको छ ।  चेल्सीले १७ खेलबाट ३५ अंक जोडेको छ । तर, चेल्सी अझै शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ११ अंकले पछि छ । सिटीको ४६ अंक छ । लिगमा सिटी र युनाइटेडले एक खेल कम खेलेको छ । चेल्सीसँग पराजित हडर्सफिल्ड १८ अंक जोडेर १२ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै मंगलबार राति भएको अर्को खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई २ – १ ले पराजित गरेको छ । त्यस्तै बर्नलीले स्टोक सिटीलाई १ – ० ले हराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC