site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
को बन्लान् प्रदेशका मुख्यमन्त्री ? यी हुन् सम्भावित अनुहार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फ भने प्रारम्भिक परिणाममात्रै सार्वजनिक भएको छ ।

अहिलेसम्म प्राप्त परिणामअनुसार प्रत्यक्षतर्फ जस्तै समानुपातिकतर्फ पनि नेकपा एमाले नै अघि देखिएको छ । 

अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने अनुमान गर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन परिणाम नआउँदै सात प्रदेशका भावी मुख्यमन्त्री को हुन् भनेर चर्चा–परिचर्चा सुरू भइसकेको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फका ३३० सिटमध्ये ३१६ को गणना सकिएको छ र वाम गठबन्धनले हालसम्म करिब ७४ प्रतिशत जित हासिल गरेको छ । ३१६ मध्ये हालसम्म  २३२ स्थानमा जित पक्का गरिसकेका छन् ।

Global Ime bank

प्रदेश १ मा भीम आचार्य कि शेरधन ?

\"\"
मतपरिणाम सार्वजनिक भएमध्ये सर्वाधिक चासोको क्षेत्र हो– प्रदेश १ । एमाले, माओवादी केन्द्रले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् । तथापि एमालेकै दाबी बलियो देखिएको छ । १४ जिल्ला समेटिएर बनेको प्रदेश १ मा ५६ सिट छ । जसमा एमाले एक्लैले ३६ स्थानमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले १० स्थान जितेको छ । प्रत्यक्षतर्फका २८ सिटमा एमालेले १६ स्थान जितेको छ । त्यस्तै, माओवादी केन्द्रले ६, कांग्रेसले ४ स्थान र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थान जितेको छ ।

त्यहाँ २ हेभिवेट प्रदेशसभा सदस्यका लागि उमेदवार बनेका थिए र दुवैले जित हासिल गरेका छन् ।

पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई भोजपुर– (क) बाट उमेदवार बनेका थिए । उनी २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसो त राई मुख्यमन्त्री बन्ने सर्तमा मात्रै प्रदेश सभामा उठ्न राजी भएका हुन् ।

दुवै गुटका दाबी आ–आफ्नै
प्रदेश १ मा एमालेका दुवै गुटले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । शेरधन राई अध्यक्ष केपी ओली गुटका हुन् भने माधव नेपाल गुटबाट भीम आचार्यले मुख्यमन्त्रीको दाबी गरेका छन् । सुनसरी– १ (क) बाट २० हजार २११ मत ल्याएर निर्वाचित भएका आचार्य पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

\"\"

तर, आचार्य पछिल्लो समय कार्यकर्ताबाट रुचाइएका व्यक्तिमा नपर्ने भएकाले पनि सम्भावना कम भएको एमालेकै नेताहरु बताउँछन् ।

गत स्थानीय तह र यस निर्वाचनमा समेत सुनसरीबाट राम्रो नतिजा नआउनुमा आचार्यले उमेदवार चयनमा मनोमानी गरेको आरोप खेप्नुपरेको छ । ४ क्षेत्र रहेको र एमालेले बर्चश्व कायम राख्न सक्ने अनुमान गरिएको सुनसरीमा उनकै कारण पराजय भोग्नुपरेको एमालेका केही नेताको आरोप छ ।

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीबाटै निर्वाचित रेवतीरमण भण्डारीले यसपटक आचार्यकै कारण टिकट नपाएको भनेर गुनासो गरिरहेका छन् । 

प्रदेश–२ मा राजपा कि फोरम ?
हालसम्मको नतिजा हेर्दा प्रदेश नम्बर २ मा गैरमधेसवादी दलको सरकार बन्ने सम्भावना सकिएको छ । २ नम्बर प्रदेशमा पर्सादेखि सप्तरीसम्म ८ जिल्ला छन् र प्रदेश सभातर्फ ६४ सिट रहेको छ । जसमा राजपा–संघीय  समाजवादी फोरम गठबन्धनले ३२ सिट ल्याएका छन् । र, समानुपातिकतर्फ पनि मधेसवादी गठबन्धनले अग्रता लिएकाले सरकार बनाउन समस्या देखिँदैन ।

तर, २ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि राजपा र फोरम दुवैले दाबी गरेका छन् ।

हालसम्म प्रदेश सभातर्फ फोरमले १७ स्थान जितेको छ भने राजपाले १५ स्थान जितेको छ । प्रतिनिधिसभातर्फ राजपाले २ नम्बर प्रदेशमा १० सिट जितेको छ भने फोरमले ९ स्थानमा जित दर्ता गरेको छ ।

लालबाबु राउत र मनीष सुमनको चर्चा

\"\"
२ नम्बर प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष लालबाबु राउत र राष्ट्रिय जनता पार्टीका महासचिव मनीषकुमार सुमनको चर्चा छ । तथापि नामका विषयमा कुनै छलफल नभएको सुमनले जानकारी दिए ।

राउत पर्सा– १ (ख) बाट ९ हजार ८०४ मत ल्याएर निर्वाचित भएका हुन् भने सुमन सप्तरी– २ (ख)बाट ८ हजार ९३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

\"\"सुमन भन्छन्– गठबन्धन सफल भयो, अब पार्टी एकता
राष्ट्रिय जनता पार्टीका महासचिव सुमनले चुनावी गठबन्धन सफल भएकाले पार्टी एकताको ढोका खोलेको दाबी गरेका छन् । उनले छिट्टै पार्टी एकता हुने घोषणा गरे । “मधेसमा मधेसीको सरकार बन्छ । यो व्यक्ति, ऊ व्यक्ति गौण कुरा हो,” उनको आशय थियो । उनले एकीकरणपछि दलको नेता, मुख्यमन्त्रीका बारेमा टुंगो लगाउने जिकीर गर्दै अब फरक–फरक पार्टी नरहने घोषणा गरे ।

उनले मधेसमा मधेसीलाई नै जिताएको र दुई गठबन्धनलाई मिलेर अघि बढ्न मार्गप्रशस्त गरेको भन्दै मधेसी मतदातालाई धन्यवादसमेत व्यक्त गरे ।

तीन नम्बरमा आकांक्षी धेरै 
तीन नम्बर प्रदेशका प्रत्यक्षतर्फका ६६ सिटमध्ये एमाले एक्लैले ४१ सिटमा विजय हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले १४ र कांग्रेसले जम्मा ७ स्थानमा जित दर्ता गरेको छ ।

यसरी हेर्दा एमाले–माओवादी केन्द्र गठबन्धनको ५४ सिट पुग्छ । सरकार बनाउन आवश्यक संख्या पुग्नेमात्रै होइन, दुई तिहाइ नै हुन्छ ।

तर, मुख्यमन्त्री टुंग्याउन गठबन्धनलाई सहज छैन । एमालेका आधा दर्जन आकांक्षी छन् । र, सबैले चुनाव जितेका छन् । एमालेका आकांक्षीमध्ये सशक्त दावेदार हुन् पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । उनले काठमाडौं– ८ (ख) बाट ५ हजार १६९ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै अर्का दाबेदार हुन्– पोलिट्ब्युरो सदस्य राजेन्द्र पाण्डे । उनी धादिङ– १(क) बाट २७ हजार २३२ मत ल्याएर निर्वाचित भए ।

\"\"

अर्का पोलिटव्युरो सदस्य पशुपति चौलागाईं दोलखा– (ख) बाट २० हजार ५८ मत ल्याएर निर्वाचित भए । उनी पनि मुख्यमन्त्रीकै दाबेदार हुन् । यता सिन्धुपाल्चोक– १ (क)बाट विजयी एमाले पोलिटब्युरो सदस्य अरूण नेपाल पनि आफूलाई मुख्यमन्त्रीकै आकांक्षीका लाइनमा उभ्याएका छन् । उनी २१ हजार ७२१ मत ल्याएर निर्वाचित भएका हुन् । त्यस्तै, मुख्यमन्त्रीकै लाइनमा उभिएका अर्का नेता हुन्– सानुकुमार श्रेष्ठ । काठमाडौँ– २(क) बाट प्रदेश सभामा ८ हजार ९३६ मत ल्याएर निर्वाचित श्रेष्ठको सम्भावना भने कम रहेको एमाले नेताहरू बताउँछन् ।\"\"

४ नम्बर प्रदेशमा पनि उस्तै 
३६ सिट रहेको ४ नम्बर प्रदेशमा वाम गठबन्धन नै अगाडि रहेको छ । हालसम्म प्रदेश ४ मा एमालेले १५ स्थान जितेको छ भने २ मा अग्रता कायम गरेको छ ।

समाचार तयार पार्दासम्म गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले ८ स्थान जितेको छ  । कांग्रेसले ५ स्थानमात्रै जित्न सकेको छ ।

एमालेबाट मुख्यमन्त्रीका लागि पृथ्वी सुब्बा गुरूङ र किरण गुरूङको नाम चर्चामा छ । दुवै पार्टी स्थायी कमिटी सदस्य हुन् । त्यसमध्ये सुब्बा सचिव एवम् संगठन विभाग प्रमुख हुन् । पृथ्वीसुब्बाले लम्जुङ– (ख)बा २३ हजार ८८ मत ल्याएर जितेका हुन् । किरण गुरूङले तनहुँ– २(ख) बाट १८ हजार २५६ मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचनअघि नै किरण गुरूङले मुख्यमन्त्री बन्नकै लागि आफू प्रदेशमा उमेलदवार बनेका थिए । बाह्रखरीसँग उनले भनेका थिए, “प्रदेशको विकासका लागि म तल झरेको हुँ । नत्र प्रतिनिधिसभामै उमेदवारी दिन्थेँ ।”

\"\"

\"\"

५ नम्बरमा शंकर पोखरेलको एकल दाबी 

\"\"

प्रत्यक्षतर्फ ५६ सिट रहेको प्रदेश पाँचमा एमाले एक्लैले २८ सिट जितेको छ । त्यस्तै, वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्रले १२ सिट जितेर २ मा अग्रता कायम राखेको छ । कांग्रेसले पाँच नम्बर प्रदेशमा ७ सिटमात्रै जितेको छ ।

\"\"पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल एकल प्रतिस्पर्धी छन् । दाङ– २(क) बाट २० हजार ७२३ मत ल्याएर निर्वाचित भएका पोखरेल मुख्यमन्त्री बनाउने निश्चित भएपछि प्रदेशमा उठ्न राजी भएका हुन् । यसअघि ०७० सालमा संविधानसभा सदस्यमा पराजित पोखरेलले दाङमा पार्टी संगठनमा निकै सुधार गरेका छन् । पोखरेलकै कारण गत स्थानीय तहमा एमालेले दाङमा उत्साहजनक जित हात पारेको थियो । र, अहिले पनि दाङका ९ स्थानमध्ये कांग्रेसले एक स्थानमात्रै जित्यो । दाङ– ३(क)बाट डिल्ली चौधरीमात्रै निर्वाचित भए ।

प्रदेश ६ माओवादीलाई !

प्रदेश ६ को प्रत्यक्षतर्फको २४ सिटमा एमालेले १४ सिटमा विजय हासिल गरेर पहिलो बनेको छ । त्यस्तै, माओवादी केन्द्रले ९ स्थान जित्दा कांग्रेसले एकस्थान जीवनबहादुर शाहीमात्रै निर्वाचित भए ।
प्रदेश ६ मा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वाला पनि दावेदार छन् । सल्यान– (ख)बाट १९ हजार ८३६ मत ल्याएर निर्वाचित भएका प्रकाश ज्वाला पनि पार्टी नेतृत्वले मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले प्रदेशमा उठेको दाबी गर्छन् ।

\"\"
प्रदेश ६ मा माओवादी केन्द्रको पनि दाबी छ । प्रदेश– ६ माओवादीले पाउँदा बलियो दाबेदार हुन्– पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही । उनी कालिकोट– (ख)बाट १२ हजार १५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

\"\"

प्रदेश ७ मा को ?

\"\"
प्रत्यक्षतर्फ ३२ सिट रहेको प्रदेश ७ मा वामपन्थी नै अग्रस्थानमा छ । एमालेले १७ र माओवादीले १० स्थान जितेका छन् भने कांग्रेसले ४ स्थानमात्रै जित्न सकेको छ ।

सात नम्बर प्रदेशमा अन्य प्रदेशको तुलना प्रत्यक्षतर्फ विजयी भएकामध्ये ‘हेभिवेट’ नभएकाले व्यक्तिका बारेमा चर्चा छैन । 

मुख्यमन्त्री कसले लिने भनेर एमाले–माओवादी भित्र चर्चापरिचर्चा सुरू भइसकेको छ ।

एमालेबाट कर्ण थापाको चर्चा
एमाले पोलिटव्युरो सदस्य एवम् पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाको नाम चर्चामा छ । बाजुराबाट ०७०मा निर्वाचित सांसदसमेत रहेका उनको नाम भने समानुपातिकको सूचीमा छ । \"\"
योगेश भट्टराई भन्छन्– सबै परिणाम आओस्
ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी नवनिर्वाचित सांसद एवम् एमाले सचिव योगेश भट्टराईले दुवै पार्टीको सहमतिमा मात्रै मुख्यमन्त्रीको टुंगो लाग्ने बताए । व्यक्तिले आफ्नो इच्छा प्रकट गरे पनि मुख्यमन्त्रीका बारेमा छलफल सुरू भइनसकेको उनको भनाइ छ ।

“सबै परिणाम आओस्, समानुपातिकतर्फ पनि टुंगो लागोस् । त्यसपछि दुवै पार्टी बसेर निष्कर्षमा पुग्छौँ,” उनले बाह्रखरीसँग भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement