site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वैशाख २३ गते विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी, सुल्झिएन बहुमतको किचलो
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका  मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २४ गतेभित्र विश्वासको मत लिनैपर्ने हुन्छ । त्यसका लागि प्रदेशसभा सचिवालयमा वैशाख २१ गते (शुक्रबार) भित्र जानकारी गराइसक्नुपर्ने हुन्छ ।

"उहाँले वैशाख २४ गतेसम्म विश्वासको लिनैपर्ने हुन्छ, त्यो भन्दा अगाडि नै लिने कि भन्ने छ," सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमानले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादित बनेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखसहितलाई गणना गरेर मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया नै खारेज गर्न माग गरेका थिए ।

तर, सर्वोच्चले उनको रिट खारेज गर्दै अधिकारी सरकारलाई विश्वासको मत लिने प्रक्रियामा जान आदेश दिएको थियो ।

Global Ime bank

सर्वोच्चले गण्डकीका ६० प्रदेशसभा सदस्यमध्ये सभामुखलाई गणना नगर्दा पनि ३० जनाको समर्थन देखिएको उल्लेख गरेको छ ।

तर, विश्वासको मत पाउनका लागि ३१ सांसदको समर्थन चाहिने वा ३० जनाले नै बहुमत पुग्छ भन्ने अर्को बहस गण्डकीमा चलेको छ । सत्तारूढ दलहरूले ३० जनाले नै बहुमत पुग्ने दाबी गरिरहेका छन् ।

"सर्वोच्चले नै ३० जनाले बहुमत पुग्छ भन्ने आदेश गरेको छ । तर, पनि हामीले अरू दलसँग सल्लाह गर्दै छौँ," चुमानले भने ।

प्रतिपक्षी कांग्रेसले भने ३१ जनाकै समर्थन चाहिने संवैधानिक व्यवस्था रहेको बताउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय