राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ ।
वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ०७:३८
प्रतिक्रिया दिनुहोस्