site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतीय कप्तान विराटले गरे नायिका अनुष्कासँग विवाह
Sarbottam CementSarbottam Cement

एजेन्सी  । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वैवाहिक बन्धनमा बाधिएका छन् । भारतीय क्रिकेट कप्तान कोहली बलिउड नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिएका हुन् ।

कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका छन् । कप्तान कोहली र नायिका शर्माले लामो समयबाट रहदै आएको प्रेमलाई बैवाहिक रुप दिएका हुन् ।  विवाहका लागि भनेर कोहली र शर्माको परिवार इटाली पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विवाहपछि कप्तान कोहली र नायिका शर्माले सोसियल साइट ट्वीटरबाट एक अर्काको लागि सधै मायामा रहने उल्लेखको सन्देश ट्विट गरेका छन् । दुवैले आ आफ्नो फरक फरक ह्यान्डलबाट लेखेका छन, “आज हामीले एक अर्काको लागी सधै मायामा रहने प्रतिज्ञा गरेका छौ, यो समाचार सम्प्रेषण गर्न पाउँदा हामीले आशिष पाएका छाँै । हाम्रो परिवारको माया, समर्थकको साथले यो सुन्दर दिन बिशेष रह्यो । यो हाम्रो यात्रामा एक महत्वपूर्ण भाग बन्नु भएकोमा धन्यवाद ।”

विवाहमा नजिकका आफन्तहरुलाई मात्र निम्ता गरिएको भारतीय मिडियाहरुले जनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार दुवैले आफन्तहरुको लागि डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् । त्यस्तै क्रिकेटर र बलिउडकर्मीका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने बताइएको छ ।

Global Ime bank

विवाहकै लागि कप्तान कोहली यसै साता श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेटमा मैदान उत्रिएनन । उक्त खेलमा श्रीले भारतलाई ७ विकेटले पराजित गरेको थियो । २९ बर्षिय कोहली र शर्मा सन् २०१३ बाट प्रेममा रहेका थिए । उनीहरुको भेट एक स्याम्पुको विज्ञापनको सुटिङको दौरान भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC