site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

काठमाडौं । पाँचौ प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबलको उपाधिको लागि दुई विभागीय टोलि सशत्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चल विकास क्षेत्र र एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।
 
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई ३ – १ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । आर्मीको जितमा सपना लामाले दुई तथा कृष्णा कुमारी  खत्रीले एक गोल गरिन् । मध्यमाञ्चलकी रश्मी कुमारी घिसिङले एक गोल गरिन ।
 
यस्तै दोस्रो सेमिफाइनलमामा साविकको बिजेता एपीएफले पुलिसलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गर्यो ।  फाइनल खेल बिहिबार हुने छ । खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा २ – २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
 
पेनाल्टी सुटआउटमा पुलिसकी निर्मला बिक र निरु थापाले गोल गर्न सकिनन् । निर्मलाको प्रहार पोस्टमा लागेर  फर्किदा निरुको प्रहार एपीएफकी किपर एन्जिलिना लिम्बुले बचाएकी थिइन् ।

Dabur Nepal

पुलिसकी यसोदा लामा, मेनुका गिरी र घिम कुमारी गुरुङले गोल गरेकी थिइन् ।  पेनाल्टीमा एपीएफकी सावित्रा भण्डारी, साजना राना,मनु दोङ र रेणुका नगरकोटीले गोल गरेकी थिइन् । एपीएफकी  गीता रानाको प्रहार पुलिसकी किपर नमिता दलीले बचाएकी थिइन् ।

पेनाल्टी सुटआउट अघि एपीएफकी सावित्रा भण्डारीले दुई गरेकी थिइन् भने पुलिसकी निर्मला बिक र निरु थापाले गोल गरेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro