site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पूजाको अर्धशतकका बाबजुद नेपालको लज्जास्पद हार

काठमाडौं । युवा ब्याटर पूजा महतोको अर्धशतकका बाबजुद नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टोलीले नेपालले नेदरल्यान्ड्सविरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा विकेट नगुमाई पूरा गर्‍याे । 

नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कालिसले सर्वाधिक ९८ रन बनाइन् । शतक बनाउन दुई रनले चुकेकी उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन् ।

Dabur Nepal

यस्तै, अर्की ओपनर फेबे मोल्केनबोर ४८ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

नेपालकी युवा ब्याटर पूजा महतोले अविजित ६२ रन बनाएकी थिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गरिन् ।

यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन थपे ।

नेदरल्यान्ड्सकी एरिस ज्विलिङले दुई विकेट लिइन् । यस्तै, क्यारोलिन डे लिंगे र हिथर सिगेर्सले समान एक विकेट लिए । 

प्रतियोगितामा नेपालको यो लगातार पाँचौँ हार हो । तालिकाका पुछारमा रहेको नेपाल अंकविहीन छ । यस्तै, प्रतियोगितामा तेस्रो जित निकालेको नेदरल्यान्ड्स भने तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले अब शुक्रबार अन्तिम खेलमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro