site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ज्ञान कार्निभलमा इनोभेटिभ र रिलायन्स च्याम्पियन
Sarbottam CementSarbottam Cement


काठमाडौं । इनोभेटिभ र रिलायन्स रेसिडेन्सियलले २४ औं ज्ञान कार्निभल अन्तर्गत बास्केटबलको उपाधि शुक्रबार जितेका छन् ।

ज्ञान कार्निभल अन्तर्गतको बास्केटबलमा इनोभेटिभ ब्वाइज तथा रिलायन्स गर्ल्समा च्याम्पियन बनेको हो । यस्तै ब्वाइज फुटबलमा मल्पीले पहिलो स्थान हात पारेको छ ।

खोकनास्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा इनोभेटिभले ज्ञान निकेतनलाई ७७–६८ ले पराजित गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

इनोभेटिभको जितमा आयुश लामाले उत्कृष्ट प्रदर्शन गर्दै सर्वा्धिक ४० अंक योगदान गरे । 

पहिलो क्वाटरमा २०–१० को अग्रता लिएको इनोभेटिभ दोश्रोमा १९–२५ ले पछि पर्‍यो । इनोभेटिभले तेश्रो क्वाटरमा २०–१४ को अग्रता बनायो भने चौथोमा १८–१९ ले पछि रह्यो ।

Global Ime bank

गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले इनोभेटिभलाई ३२–३० को झीनो अन्तरले हरायो । रिलायन्सकी रिना भण्डारीले ११ अंक जोडिन् । 

तेश्रो क्वाटरको समाप्तिसम्म इनोभेटिभ २१–१५ ले अगाडि थियो । 

त्यो अवस्थालाई उल्टाएर उपाधि सुनिश्चित गर्न रिलायन्सले चौथो तथा अन्तिम क्वाटर १७–९ ले आफ्नो पक्षमा पा¥यो । बास्केटबलको ब्वाइजमा इनोभेटिभका आयुश लामा तथा गल्र्समा रिलायन्सकी कविता श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइज फुटबलको फाइनलमा मल्पीले आयोजक समेत रहेको डिफेन्डिङ च्याम्पियन  ज्ञानोदयलाई १–० ले पाखा लगायो । मल्पीका रिन्जिन लामाले निर्णायक गोल गरे । फुटबलमा ज्ञानोदयका पाल्साङ वाङदी लामा उत्कृष्ट चुनिए ।

विजेतालाई ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर प्रिन्सिपल भानु ए र इनोभेटिभका निर्देशक अनन्त कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइजमा १२ र गल्र्समा ८ तथा फुटबलमा १२ टिम सहभागी थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC