site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘एसएसबीले दुःख दिन्छ तर हामी हाम्रै उमेदवार पनि चिन्दैनौं’
Sarbottam CementSarbottam Cement

पुनर्वास, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका मतदातालाई आगामी निर्वाचनको माहोलले खासै छुन सकेको छैन । 

नेताहरुले चुनावका बेला विकासका सपना बाँड्ने गरेको तर चुनाव जितेर काठमाडौं पुगेपछि गाउँ नफर्किने गरेको यहाँका मतदाताहरुको गुनासो छ ।  

खानेपानी, गुणस्तरीय शिक्षा, अस्पताल, पक्की मोटरबाटो र नदी कटान नियन्त्रण यहाँका बासिन्दाको मुख्य अपेक्षा र आवश्यकता रहेको र चुनावका बेला उमेदवारहरुलै यीनै क्षेत्रमा विकास गरिछाड्ने प्रतिवद्धता गरे पनि चुनाव जितिसकेपछि आफ्ना प्रतिवद्धता बिर्सने गरेको स्थानीयबासीको गुनासो छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महिलाका हक, अधिकार र महिलाको सर्वाङ्गिण विकासमा राम्रा–राम्रा कार्यक्रम ल्याउने बताए पनि चुनाव जितेर गएपछि वर्षौंसम्म गाउँ नफर्किने गरेको यहाँका महिलाहरुको दुखेसो छ । 

महिला शिक्षा, सुरक्षित मातृसेवा, पौष्टिक आहार, गुणस्तरीय महिला स्वस्थ्य सेवा, प्रौढ शिक्षा, विभिन्न सीपमूलक तालिम, महिला स्वरोजगार कार्यक्रमलाई यहाँका महिला उमेदवारले आफ्नो प्रतिवद्धताका रुपमा अघि  सार्ने गरे पनि महिला उमेदवारहरुले महिलाकै समस्या बुझ्न नसकेको यहाँका महिलाहरुको गुनासो छ । 

Global Ime bank

महिला मात्र होइन, पुरुष साथै विभिन्न जनजाति, आदिवासी, अल्पसंख्यक, पिछडा र सीमान्तकृत समुदायबाट पनि यस क्षेत्रका उमेद्वार राष्ट्रिय राजनीतिको विभिन्न पदमा पुगेका तर आफूहरुको अवस्था जस्ताको त्यस्तै रहेको यहाँका बासिन्दाको भनाइ छ । 

भारतको सीमावर्ती क्षेत्रमा पर्ने भएकाले नजिकैको गौरीफन्टा, सम्पूर्णानगर, बसई, कमलापुरीलगायतका बजारबाट यस ठाउँका बासिन्दाले दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् । तर उनीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबिले स–सानो निहुँमा बारम्बर सताउँदै आएको छ । 

यतिमात्र होइन नेपाली भू–भागमै खुलेआम पसेर एसएसबीले दिने दुःखबाट यहाँका बासिन्दा पीडित बन्दै आएका छन् ।  देशमा लोकतन्त्र आएको १० वर्ष बित्दा पनि आफूहरुको अवस्थामा उल्लेख्य परिवर्तन आउन नसेको स्थानीय गुनासो गर्छन् ।

साविकको गाविसका वडाहरुलाई गाभेर यो यो क्षेत्र नगरपालिकामाा परिणत भए पनि यहाँका स्थानीयको जीवनशैलीमा भने कुनै परिवर्तन आउन सकेको छैन । 

“नगरपालिका भएपछि सरकारलाई तिर्नुपर्ने करको दर मात्र बढेको छ,” पुनर्वास नगरपालिका ५ का ४९ वर्षिय बहाली राना दुखेसो पोख्छन्, “नगरपालिका भए पनि हाम्रो कृषि उत्पादन वृद्धिका लागि सरकारले कुनै कदम चालेको छैन, हामीले तिर्नुपर्ने कर मात्र बढाइएको छ ।” 

कृषि उत्पादन वृद्धिका लागि चाहिने उन्नत जातको बीऊ, मलखाद, सिँचाइ आदिमा सरकारले ध्यान नदिएको स्थानीय बताउँछन् । 

“जसले चुनाव जिते पनि यो ठाउँ जस्ताको त्यस्तै छ,” सोही स्थानका ५२ वर्षिय सीताराम रानाले भने, “नेपालको सीमा रक्षाका लागि सरकार कमजोर बनेको देखिन्छ, यस पटक जित्ने उमेदवारले सीमा रक्षा र यहाँको विकास गरेर देखाइदिनुस् अर्कोपटक फेरि तपाईको जित निश्चित छ ।” 

यता बेलौरी नगरपालिकामा पनि चुनवी प्रचार–प्रसारले तीव्रता पाउन सकेको छैन । यस क्षेत्रका समाजसेवी ६० वर्षिय गोपाल पन्त भन्छन्, “यस क्षेत्रमा चुनावी प्रसार सुस्त देखिएको छ, नेताहरु घरदैलो कार्यक्रम लिएर आएका छैनन् ।”  

यस्तै बल्डाँडी गाउँपालिका २ का ३४ वर्षिय शिक्षक जयसिंह कुवँरले यस क्षेत्रमा चुनावी प्रचार–प्रसारको गति सुस्त रहेको बताए ।  उनले भने, “चुनावको चहल–पहल खासै सुरु भएको छैन, मतदाता शिक्षा कार्यकर्ताहरु पनि बेल्डाँडी आइपुगेका छैनन् ।”   

 

उमेदवार नै चिन्दैनन् मतदाता 

पुनर्वास नगरपालिका १० भीम बस्तीका तारा  गिरीलाई आफ्नो क्षेत्रबाट को उमेदवार उठेको छ ? भन्ने नै थाहा छैन ।  “हाम्रो क्षेत्रबाट यसपटक को उमेदवार उठेका छन् हामीलाई थाहै छैन,” उनले भने । 

गिरीमात्र होइन यस क्षेत्रका अन्य मतदाताले पनि आफ्नो क्षेत्रको उमेदवार चिनेका छैनन् । चुनावी प्रचार–प्रसार सुस्त भएकाले आफूहरुले उमेदवार चिन्न नसकेको यहाँका स्थानीय बताउँछन् । 

यहाँको सडक वर्खामा हिलाम्मे र हिउँदमा हिलाम्मे हुने गरे पनि यसको मर्मत र स्तरोन्नतिमा ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।  चुनाव आउन १ महिना पनि नरहेको यो समयसम्म आफ्नो वडामा उम्मेदवार नै आइनपुग्नु उदेकलाग्दो भएको सोही स्थानका कर्ण गिरीले बताए । 

लोकतन्त्रमा नेताहरुले जनताका आवाजहरु प्रत्यक्ष सुन्नुपर्ने भए पनि कञ्चनपुरको यस भेगका बासिन्दा भने आफ्ना उमेदवार नै नचिन्ने बताउँछन् । 

 

मतदाता शिक्षाको अभाव
 

सरकारले मतदाता शिक्षाका लागि आमसञ्चार माध्यममा सुचना, विज्ञापन र जानकारीहरु प्रकाशन, प्रशारण गरे पनि त्यसले यस क्षेत्रका निरक्षर र अनपढ जनसमुदायमा प्रभाव पार्न सकिरहेको छैन । 

पछिल्लो पुस्ता शिक्षित रहेको यस क्षेत्रका पुरानो पुस्ता भने प्रायः निरक्षर छन् ।  दक्षिणी भेगका निरक्षर मतदातालाई आगामी निवार्चनमा कसरी भोट हाल्नुपर्ने हो थाहा छैन । 
“यस पटकको चुनाव फरक प्रकारको हो भन्छन्, तर भोट कसरी हाल्ने हामीलाई थाहा छैन,” पुनर्वास नगरपालिका ५ सिमरीकी २९ वर्षिय अनिता रानाले बताइन् । 

दक्षिणी क्षेत्रका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी गाउँपालिका र लाल्झाडी गाउँपालिका मिलाएर क्षेत्र नम्बर १ बनाइएको छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वसांसद दिवानसिंह विष्ट र कम्युनिष्ट गठबन्धनकी बिना मगरबीच प्रतिनिधिसभा सदस्यका लागि कडा प्रतिष्पर्धा हुने मतदाताले बताएका छन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC