site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अग्युरो बेहोस भए, अर्जेन्टिना पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । घरेलु मैदानमा नाइजेरियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको दौरान अर्जेन्टिना स्ट्राइकर सर्जियो अग्युरो बेहोस भएका छन् । पहिलो हाफको खेल सकिएपछि ड्रेसीङ रुम पुगेका अग्युरो बेहोस भएको बीबीसीले जनाएको छ ।

२९ बर्षीय अग्युरो ड्रेसीङ रुममा बेहोस भएर लडेपछि उनलाई तत्काल अस्पताल लागिएको थियो । अहिले उनको अवस्था सामान्य भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । उनी अस्पतालबाट होटल फर्किएर टिमका खेलाडीहरुसंग आराम गरिरहेको अर्जे्न्टिना फुटबल एसोसियसनले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बेहोस भएर लड्नुअघि अग्युरोले नाइजेरियाविरुद्ध एक गोल समेत गरेका थिए । तर, उक्त खेलमा अर्जेन्टिना ४ – २ ले पराजित भएको थियो । नाइजेरियाको जितमा एलेक्स इओबीले दुई तथा केलेची इहानाचो र ब्रेइन इदोउले समान एक  एक गोल गरे । अर्जेन्टिनाका अग्युरो र इभर बेनेगाले समान एक एक गोल फर्काए ।

आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीका लागि दुई टोलीले मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोली विश्वकपमा छनोट भएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC