site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गोरखामा कम्युनिस्ट गठबन्धनका उमेदवार चडेको मोटरसाइकल खानतलास गर्दा हतियार भेटिएको घटनाले चुनावमा हिंसा हुने पो हो कि भन्ने त्रास बढेको छ । गोरखाको धावामा प्रहरीले सुरक्षा जाँच गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)की समानुपातिकतर्फ प्रतिनिधि सभाकी उमेदवार चडेको मोटर साइकलमा मंगलबार दिउँसो चालकको झोलाबाट अवैध पिस्तोल र गोली फेला परेको हो । यसपटक कम्युनिस्ट गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट समेत चुनावको मैदानमा कुख्यात गुन्डा नाइकेहरूलाई उमेदवार बनाइएको छ । यसले निर्वाचनमा बाहुबलीहरू अब कर्ताकै रूपमा अगाडि सरेको सन्देश दिएको छ । मूलतः गालीगलौजले भरिएका घोषणापत्र र तिनमा पनि नेताहरूको आक्रामक अभिव्यक्तिले कार्यकर्ता उत्तेजित हुने वातावरण निर्माण भइरहेको थियो । त्यसमाथि उमेदवारहरूसँग बन्दुक फेला पर्न थालेपछि हिंसाको जोखिम बढेको हो । अहिलेसम्म चुनाव प्रचारका क्रममा खासै अप्रिय घटना भएका थिएनन् ।   

एकातिर गुन्डा नाइकेहरू निर्वाचनको मैदानमै उत्रिने र अर्कातिर उमेदवारसँग बन्दुक भेटिनेजस्ता घटनालाई सामान्य संयोगमात्र मान्न मिल्दैन । गोरखामा माओवादी उमेदवारले आपूmले हतियार नलिएको र मोटरसाइकल चालकसँग लिफ्टमात्र लिएको वयान प्रहरीलाई दिएकी छन् । हतियार लिएर हिँडेका चालक फरार छन् । यसैले हतियार कस्को हो र उमेदवार तथा मोटरसाइकल चालकको सम्बन्ध के हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । गोरखाबाट प्रतिनिधि सभा सदस्यको उमेदवार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत् चिन्ता प्रकट गरेका छन् । उनको चिन्ताले पनि स्थिति गम्भीर रहेको पुष्टि हुन्छ अरूलाई भन्दा माओवादी र त्यसमा पनि गोरखाका माओवादीको मनोविज्ञान भट्टराईलाई पक्कै बढी थाहा हुनुपर्छ । । कारण, भट्टराई स्वयं पूर्व माओवादी नेता भएका कारण माओवादी कार्यशैली र मानसिकताका आधिकारिक जानकार हुन् ।

कम्युनिस्ट गठबन्धनका नेताहरूले सरकारमाथि चुनाव टार्न खोजेको आरोप लगाउँदै आएका छन् । अर्कातिर, उनीहरूकै उमेदवार चडेको सवारीमा हतियार भेटिन थालेको छ । यसैले सरकारले आफ्नो कर्तव्य पूरा गर्न पनि सुरक्षा प्रबन्ध सुदृढ बनाउन बढी ध्यान दिनुपर्ने देखिन्छ । प्रहरीले मोटरसाइकल चालकलाई खोजेर यथार्थ पत्ता लगाई कानुनअनुसार कारबाही गर्नुपर्छ । चुनावको बेलाको घटनाभन्दै सामसुम पार्न खोजियो भने त्यसको परिणाम प्रत्युत्पादक हुनसक्छ । साथै, एक जना उमेदवारको सवारी चालकसँग एउटा बन्दुक भेटिँदैमा त्यसलाई सामान्यीकरण गरेर आतंकित हुन भने पर्दैन । तर, यस्ता घटनालाई सरकार र राजनीतिक दलहरूले गम्भीरतापूर्वक भने लिनैपर्छ । विध्वंशको डँडेलो सल्कन आक्रोशको सानो झिल्का नै पर्याप्त हुन्छ । यसैले सरकारले गोरखामा बन्दुक भेटिएको घटनालाई प्रतिनिधि उदाहरणका रूपमा गम्भीरतापूर्वक लिनु उचित हुनेछ ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC