site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

रोल्पा। मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन् । 

प्रतिनिधिसभामा नेपाली कांग्रेसले जिल्ला पार्टी सभापति समेत रहनुभएका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन उम्मेदवार हुनुहुन्छ । प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं क मा शेरबहादुर महरा र ख मा खगेन्द्र हमाल प्रतिस्पर्धी बनेका छन् भने वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं क मा कुलबहादुर केसी र ख मा दीपेन्द्र पुन प्रतिस्पर्धी छन्। वाम गठबन्धनका दुवै उम्मेदवार नेकपा माओवादीका नेता छन् । 

जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने बताइन्छ । दुई गठबन्धका साथै राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र मंगोलन नेशनल अर्गनाइजेशन नेपालका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu