site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रिभल्वर र भरुवा बन्दुकसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रिभल्वर र भरुवा बन्दुकसहित प्रहरीले कपिलवस्तु र ताप्लेजुङबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, सानो गणेशपुर चोकबाट ‘मेड इन कानपुर’ लेखिएको पाँच राउन्ड गोली लोड गरिएको सानो रिभल्वर एकथान र गोलीको खोकासहित दुईजनालाई शुक्रबार साँझ पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी छन् । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको यूपी ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वरसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ का जितबहादुर लिम्बूलाई एकनाले भरुवा बन्दुक एकथानसहित शुक्रबार बिहान पक्राउ गरिएको छ । प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरिएको हो ।

साथै, फक्तालुङ–५ स्थित देवीस्थान जंगलको ओढारमा बेवारिसे अवस्थामा तीनथान भरुवा बन्दुक भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro