site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली फुटसल टोलीको फराकिलो हार, उज्वेकिस्तान १४– १ ले विजयी
SkywellSkywell

काठमाडौं । इरानमा जारी  एएफसी फुटसल च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  आइतबार भएको छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग १४ – १  गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

पोउर शरीफ फुटसल हलमा भएको खेलमा बलियो उज्वेकिस्तानसँग पहिलो हाफमै ७ – ० ले पछि परेको थियो ।  दोस्रो हाफमा उज्वेकिस्तानले थप ७ गोल गर्दा नेपालले एक गोल फर्काएको थियो । उज्वेकिस्तानको जितमा दिलशोड राख्मातोभले ह्याट्रिक गरे । त्यस्तै कप्तान अर्तर युनिसोभ, दिलमुराद सेभ्कातोभ, निशोनोभ खुसन्निदीन, चोरिभ दाभ्रोनले समान दुई दुई तथा फर्खुद अब्दुमाभिल्यानोभ, अनास्खन राखमाटोभ र दाभ्रोन्जोन अब्दुरखामनोभले समान एक एक गोल गरे ।  नेपालको लागि एक मात्र गोल कप्तान सुरज राउतले गरेका थिए ।

Dabur Nepal
NIC Asia

साउथ एसिया जोनको छनोट अन्तर्गत  समूह ए को नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्ने छ भने मंगलबार तुर्क्मिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष २ टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् । च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । समूह बी मा  आयोजक  इरान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले पहिलो अन्तर्रा्ष्ट्रिय फुटसल प्रतियोगिताको रुपमा रहेको एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल खेलिरहेको हो । नेपालको यो पहिलो अधिकारिक फुटसल टोली समेत हो । छनोटको लागि एन्फाको फुटसल कमिटीले गएको भदौमा रेडबुल एन्फा राष्ट्रिय लिग फुटसल आयोजना गरेको थियो । त्यसैको आधारमा फुटसल कमिटीले पहिलो चरणमा २७ खेलाडी छनोट गरी अन्तिम नेपाली टोलीको घोषणा गरेको थियो । प्रशिक्षकहरु राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङको छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो ।
 
नेपाली टिम
गोलकिपर – अनिस श्रेष्ठ, सुमितकुमार आले
डिफेन्डर – राज शाही, सौरभ मगर, अमित तामाङ
मिडफिल्डर – नवीन लामा (उपकप्तान) , अरुज सिंह, विनोद गुरुङ, मणीकुमार लामा, अभय राना
फरवार्ड –  सुरज राउत (कप्तान),सुसन श्रेष्ठ, संजोग महर्जन, निर्मल गुरुङ
मुख्य प्रशिक्षक – राकेश श्रेष्ठ
सहायक प्रशिक्षक – राजेश खड्की

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro