site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

काठमाडौं । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन १८ गते बिहान नेपाल आइपुने छन् । उक्त  प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा एसियालीस्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको छ । 

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् । 

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टिमले सन् २०१५ को प्रि–ओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गतवर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाए लगत्तै सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो । 

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरीयता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले छ । कार्यक्रमको उद्घाटन अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको रग्वी संघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro