site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् अमेरिकी खेलाडी ग्याब्रीएल बेन्डा
SkywellSkywell

काठमाडौं । अमेरिकी भलिबल खेलाडी ग्याब्रीएल बेन्डा नेपाल आएकी छिन् । उनी यहीँ असोज १४ देखि १९ गतेसम्म हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लूभिएल) २०२४ खेल्न नेपाल आइपुगेकी हुन् । उनले लिगमा कर्णालीको ‘कर्णाली यश्विज’ टिमलाई प्रतिनिधित्व गर्दैछिन् । 

ग्याब्रीएल बेन्डा शुक्रबार नेपाल आइपुगेकी हुन् । उनलाई स्वागत गर्न ‘कर्णाली यश्विज’ टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । 

Dabur Nepal
NIC Asia

अमेरिकी खेलाडी ग्याब्रीएललाई केही समय अघिमात्र ‘कर्णाली यश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो । कर्णालीमा ‘ट्रफी अनावरण’ सकिएको केही दिनमै यश्विज टिमले ग्याब्रीएललाई अनुबन्ध गराएको खबर सार्वजनिक गरेको थियो । ग्याब्रीएलभन्दा अघि बिहीबार ‘कर्णाली यश्विज’ टिमले अर्की आउटसाइड हिटर टर्किस खेलाडी जेनेप आउटर्यानलाई नेपालमा स्वागत गरेको थियो । 

नेपालमा पहिलोपटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लूभिएल)’ खेल्न आएकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित खेलाडी हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् ।

आज नेपाल आइपुगेकी ग्याब्रीएलले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको रमेश कर्पोरेसनले हेर्दै आएको ‘कर्णाली यश्विज’ टिममा आफू जोडिन पाउँदा निकै खुसी लागेको बताइन् ।  

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने ‘एभरेष्ट वुमन भलिबल लिग’ यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदै छ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । प्रशिक्षकमा कर्णाली यश्विज टिमबाट भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राई छन् । उनी ‘न्यु डाइमन्ड युथ स्पोट्स क्लब’को अध्यक्ष समेत हुन् ।

कर्णालीको टिमः
सुमित्रा रेग्मी, मीना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro