site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
बहराइनसँग नेपालको फराकिलो हार
SkywellSkywell

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनलाई जित दिलाउन समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक गोल थपे । 

खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो । यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो । 

Dabur Nepal
NIC Asia

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो । 

तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ । छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् । 

समूह ‘बी’ मा तीन खेल खेलिसकेको कम्बोडिया ६ अंकका साथ दोस्रो स्थानमा छ । घरेलु टोली चाइनिज ताइपेले दुई खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन । कम्बोडिया र उज्वेकिस्तानले अब तुलनात्मक रुपमा कमजोर चाइनिज ताइपेसँग खेल्न बाँकी छ । त्यसैले यस समूहमा कम्बोडिया र उज्वेकिस्तान फाइनल चरण पुग्ने प्रबल दावेदार टोली हुन् । बहराइनले भने आफ्नो अन्तिम खेलमा बलियो उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro