site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफ पहिलो चरणमा अपराजित

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ को पहिलो चरणमा साविक विजेता एपीएफ अपराजित बनेको छ । शुक्रबार एपीएफले लिग पहिलो चरणको आफ्नो अन्तिम खेलमा सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध ७–० को सहज जित निकालेको हो । 

एपीएफलाई जित दिलाउन फरवार्ड रश्मीकुमारी घिसिङले चार गोल गरिन् । कप्तान अनिता बस्नेत र सविता रानामगरले समान एक गोल थपे । एपीएफले अर्को गोल भने वाग्मतीका खेलाडीबाट आत्मघाति उपहार पाएको थियो । 

Dabur Nepal
NIC Asia

खेलको ३५औँ मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रतामा राखेकी थिइन् । ४०औँ मिनेटमा वाग्मतीकी सुनिता भुलनबाट आत्मघाति गोल हुँदा पहिलो हाफमा एपीएफले २–० को अग्रता बनाएको थियो । 

दोस्रो हाफमा एपीएफले पाँच गोल थप्यो । ४७औँ मिनेटमा अनिताले टिमका निम्ति तेस्रो गोल गरिन् । ५७औँ मिनेटमा रश्मीको गोलमा एपीएफले अग्रतालाई ४–० मा पुर्याएको थियो । ८२औँ मिनेटमा रश्मीले ह्याट्रिक गर्दै अग्रतालाई ५–० मा राखिन् । ८८औँ मिनेटमा रश्मीले चौथो गोल गर्दै अग्रतालाई ६–० मा पुर्याइन् । इन्जुरी समयमा सविता रानामगरले गोल गरेपछि एपीएफले ७–० को जित पक्का गरेको हो । 

जितसँगै नौ खेलबाट २५ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । एपीएफले पहिलो चरणका आठ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

 समान खेलबाट १० अंक जोडेको वाग्मती भने तालिकाको छैटौँ स्थानमा छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro