प्रविधि
काठमाडौं । माइक्रो इलेक्ट्रोसफ्ट प्रालिले बैंक तथा वित्तीय संस्थाको एटीएम मेसिनमा प्रयोग गर्ने ‘प्रोक्सिमिटी डिस्प्ले’ बजारमा ल्याएको छ । कम्पनीले बनाएको प्रोक्सिमिटी डिस्प्ले मेसिनले एटीएम भित्र मान्छे वा नभएको जानकारी दिनेछ ।
कम्पनीले सन् २०११ देखि यस्तो मेसिन उत्पादन गरी बजारमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खड्काले जानकारी दिए । “हामीले उत्पादन गरेको मेसिन प्रभु बैंकको केन्द्रीय कार्यालयको एटीएममा राख्ने तयारी भएको छ,” उनले भने, “त्यसैगरी अन्य बैंकले पनि राख्ने तयारी गरेका छन्, ।”
उनका अनुसार एटीएम व्यस्त भएको अग्रिम जानकारी यो मेसिनले दिन्छ । जसका कारण ग्राहकलाई सुविधा मिल्ने कम्पनीले जनाएको छ । खड्काका अनुसार कम्पनीले बनाएको मेसिनको १ वर्ष वारेन्टी छ ।
३ जना इन्जिनियरसहित अन्य ४ जना मिलेर यस्तो मेसिन बनाएर बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३ १५:४०
प्रतिक्रिया दिनुहोस्