site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पदक विजेता शारीरिक सुगठन टोलीको स्वागत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको नेपाली टोलीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार एक कार्यक्रमबीच स्वागत गर्यो ।

अक्टोबर ६ देखि ९ तारिखसम्म मंगोलियाको उलन्बटारमा भएको च्याम्पियनसिपमा नेपालले एक–एक रजत र कांस्य गरी दुई पदक जितेको थियो । कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले शारीरिक सुगठन प्रतियोगितामा दोहोरो पदक जितेको यो पहिलो अवसर हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ननिताले महिला १६० सेन्टीमिटर उचाईमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । ननिताले थाइल्यान्डमा भएको आठौं संस्करणमा पनि कांस्य जितेकी थिइन् । नेपाली शारीरिक सुगठनको इतिहासमा पदक जित्ने ननिता एक मात्र महिला खेलाडी हुन् ।

पुरुष ६० केजी तौलसमूहमा रुजेश शाहीले कांस्य हात पारेका थिए । थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपको सातौं संस्करणमा भने ५५ केजीमा रुजेशले रजत जितेका थिए । प्रतियोगितामा नेपालबाट जम्मा ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा पुरुष ५५ केजीमा कमल भण्डारी पदकविहीन बने । कमल गत अगष्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१ औं एसियाली शारीरिक सुगठनका कांस्य विजेता हुन् ।

Global Ime bank

प्रतियोगितामा शारीरिक सुगठन संघका उपाध्यक्ष दिनेश राजभण्डारीले टोली प्रमुख तथा ईश्वरमान श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य उपेन्द्र पौडेल, शारीरिक सुगठन संघका महासचिव राजन श्रेष्ठलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप हातामा माला र अबिर लगाएर स्वागत गर्नुका साथै बधाइ दिएका थिए । टोली मंगलबार अबेर राती काठमाडौं अवतरण गरेको थियो ।

कार्यक्रममा सदस्य–सचिव विष्टले नेपाली समाजमा महिला शारीरिक सुगठन खेलमा लाग्नु ठूलो हिम्मतको विषय भएको बताउदै ननिताको सफलताले सम्पूर्ण महिलालाई प्रेरणा मिल्ने धारणा व्यक्त गरे । सदस्य–सचिव विष्टले पदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने प्रतिबद्धता जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC