देश
जितपुर । कपिलवस्तुमा एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ ।
दुर्गाको मूर्ति विसर्जन गर्न जाँदा महाराजगञ्ज नगरपालिका–७ कुशहवाकी १८ वर्षीया रोशनी शुक्लाको कञ्चनिया नदीमा डुबेर मृत्यु भएको हो ।
आज बिहान कलश सेलाउन नदीमा पस्दा डुबेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ । दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीमा सामेल भएर उनी नदीमा गएकी थिइन् ।
उनको शव परीक्षणका लागि शिवराज अस्पताल, बहादुरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, असोज १५, २०७४ १९:०३
प्रतिक्रिया दिनुहोस्