site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभेरेष्ट प्रिमियर लिग र गभर्नन्स् फ्यासिलिटीले आप्रवासी कामदारबारे अभियान संचालन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपिएल) र  गभर्नन्स् फ्यासिलिटी (जिएफ) ले आप्रवासी कामदारबारे अभियान संचालन गर्ने भएको छ । ‘आप्रवासी कामदारहरुको सम्मान’ अभियानको लागि इपिएल र जिएफबीच सम्झौता भएको छ ।

इपिएल र जिएफले काठमाडौंमा बुधबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै आगामी डिसेम्बरमा हुने इपिएल क्रिकेटको दौरान सामाजिक साझेदार गर्ने जानकारी दिएका हुन् । साझेदारीपछि गभर्नन्स् फ्यासिलिटीले इपिएलको दौरानमा विभिन्न क्याम्पहरू सञ्चालन गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्याम्पमा आप्रवासी कामदारहरूलाई तिनका जोखिमता तथा संरक्षण, तिनले सामना गर्नु परेका खतरा र स्वदेश तथा विदेशमाा भेगेका अपमान आदिको बारेमा चेतना जगाउने कार्यक्रमहरू जिएफले गर्नेछ ।

उक्त कार्यक्रममा इपिएल क्रिकेटका ६ टोलीका मार्की प्लेयरहरु दूतका रुपमा काम गर्ने  छन् । इपिएलको मार्की खेलाडीमा काठमाडौं किंग्स एलेभेनमा सोमपाल कामी, ललितपुर प्याट्रियोट्समा ज्ञानेन्द्र मल्ल, भैरहवा लिजेण्ड्समा शरद भेस्वाकर, विराटनगर वारियर्समा पारस खड्का, पोखरा राइनोजमा शक्ति गौचन तथा चितवन टाइगर्समा दीपेन्द्र ऐरी रहेका छन् ।

Global Ime bank

इपिएल क्रिकेट किर्तिपुरस्थित टियु मैदान हुने छ । ६ वटा फेन्चाइज टोलीले प्रतियोगितामा भाग लिदै छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC