site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हर्षोल्लासका साथ सिरहामा मतदान जारी, बिहान १० बजेसम्ममा ३५ प्रतिशत मतदान
Siddhartha BankSiddhartha Bank

सिरहा । तेस्रो चरणअन्तर्गत आज बिहान १० बजेसम्ममा करिब ३५ प्रतिशत मतदान भएको छ । 

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको र बिहान १० बजेसम्म करिब ३५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

गएरातिको वर्षा र दलीय प्रतिनिधि समयमा नपुग्दा केही मतदान केन्द्रमा केही ढिलो गरी मतदान शुरु भए पनि अधिकांश ठाउँमा बिहान ७ बजेबाटै मतदान शुरु भएको उनले बताए । 

जिल्लाको २२१ मतदानस्थलमा ४३१ मतदान केन्द्र छन् । लहान नगरपालिका–१३ को वस्तीपुर मावि केन्द्र र धनगढीमाई नगरपालिका–२ स्थित जनता मावि भवानीपुर केन्द्रमा दलीय प्रतिनिधि समयमा आइनपुग्दा मतदान केही ढिलो गरी शुरु भएको जनाइएको छ । अत्यन्तै हर्षोल्लासका साथ मतदाता बिहान ५ बजेदेखि नै मत खसाल्न लामबद्ध भएका थिए । 

Global Ime bank

लामो समयको प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्न हौसिएका मतदाता लामबद्धरूपमा मतदान गरिरहेका छन् । मतदान केन्द्रमा कुनै अप्रिय घटना हुन नदिन मतदानस्थल र मतदानस्थलको अनुगमनमा सुरक्षा निकाय खटिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका १६४ वडाका लागि चार हजार ६५५ उम्मेदवारलाई तीन लाख ३१ हजार ५९६ मतदाताले मतदान गर्दैछन् । रासस

तस्बिर विक्रम रौनियार

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement