site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङबाट १४ जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङका घटनाबाट देशभर १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा पहिरोका घटनाबाट आठ जना, चट्याङ लागेर पाँच जना र बाढीमा परी १ जनाको मृत्यु भएको हो ।

बाढीका घटनामा परी दुई जना बेपत्ता भएका छन् । घाइतेमध्ये पाँच जना पहिरो, तीन जना चट्याङ लागेर र एक जना बाढीमा परी भएका छन् ।

पहिरोका घटनामा परी ओखलढुंगमा एक, लम्जुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ । लम्जुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित बगुममा पहिरोले तीनवटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने दुई जना बालिका बेपत्ता भएका छन् ।

चट्याङ लागेर झापामा दुई जना, रोल्पामा दुई जना र सुनसरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro