site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल फाइनलमा, उपाधिका लागि हङकङ प्रतिद्वन्दी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आयोजक मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । 

अब नेपालले उपाधिका लागि हङकङसँग खेल्ने छ । शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै  नेपालसँगको भेट पक्का गरेको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियाको किनरारा ओभलमा मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले अर्धशतकीय पारी खेले । सन्दिप ५१ र आसिफ ५० रनमा अविजित रहे । दुबैले १२३ रनको साझेदारी गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो ।  मलेसियाको लागि नलीन डी सिल्भाले ३९ तथा भिरनदिप जगजित सिंहले २५ रन बनाए । त्यस्तै महोमद शहरिलले १६ रन जोड्दा अम्मर हाजालनले १४ रन जोडे ।

Global Ime bank

मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान दिपेन्द्र सिंह एरीले ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित मात्र २९ रन खर्चिए । त्यस्तै पवन सराफले २ तथा सन्दिप लामिछाने, शाहब आलम र किशोर महतोले समान एक एक विकेट लिए ।

छनोटको फाइनलमा पुगेसँगै नेपाल एसिया कपको लागि छनोट नजिक पुगेको छ । उपाधि जित्ने टोली आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको लागि छनोट हुने छन् । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC