site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जुम्ला । जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् । 

कर्णाली दिगो विकास प्रतिष्ठान ९कास्डा० जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घोडेमहादेवको पाटनमा गई गाईको कृत्रिम गर्भाधान गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षाको समयमा गाउँका सबै गाईगोरु चरनका लागि पाटन लगेका कारण खर्कमै गई १६५ पशुमा कृत्रिम गर्भाधान गरेको जिल्ला पशुसेवा कार्यालयका नायब पशु स्वास्थ्य प्राविधिक हरिबहादुर रावलले जानकारी दिए । डिल्लीचौरमा १५ दिन तथा मालिकाठाँटा र घोडेमहादेवमा एक महिनाको समय लगाएर कृत्रिम गर्भधान र पशु खोप शिविर सञ्चालन गरिएको थियो । 

उन्नत जातका गाई वृद्धि गर्ने र यसबाट किसानको व्यवसाय तथा आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले कृत्रिम गर्भाधान तथा खोप शिविर सञ्चालन गरिएको हो । त्यसका लागि कर्णाली दिगो विकास प्रतिष्ठानको रु सात लाख र जिल्ला पशुसेवा कार्यालयको रु तीन लाख खर्च भएको बताइएको छ । रासस 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement