site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१९ टि–ट्वान्टी क्रिकेट शुक्रबारबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यू–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हँुदैछ । नेक्सस क्रिकेट एकेडेमीले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी १६ देखि २४ गतेसम्म प्रतियोगिता हुने जानकारी गराएको हो ।

काठमाडौंको टँुडिखेलमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक नेक्सस, ओमेगा कलेज, क्यानोन क्लब, ग्रेड हिमालयन क्रिकेट एकेडेमी ‘बी’ राइजिङ इलाभेन, ग्रेड हिमालयन क्रिकेट एकेडेमी ‘ए’, एक्सआईसी क्लब, काठमाडौं क्रिकेट टे«ेनिङ सेन्टर ‘बी’ सहभागी रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, पुलिस स्कुल साँगा, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, ‘ए’, एनसीए, हिमालयन क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टिटन्स, रामारोशन क्रिकेट एकेडेमी र सगरमाथा क्रिकेट क्लब रहेका छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने उद्घाटन खेलमा नेक्सस क्रिकेट एकेडेमीले ओमेगा कलेजसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफि र मेडल हात पार्ने छ । त्यस्तै, उपविजेताले २५ हजार नगदसहित ट्रफि र मेडल पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट बलर बेष्ट ब्याट्सम्यान र प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीले पनि ट्रफि हात पार्नेछन् ।

Global Ime bank

पहिलो पटक भएकोले नकआउटको आधारमा सञ्चालन गर्नु परेको अर्को बर्ष यही प्रतियोगितालाई लिगकम नकआउटको आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC