site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अहमेदको ह्याट्रिकमा बंगलादेशको विजय सुरुआत
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौमा सुरु यू – १५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजय सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ४ – ० ले पराजित गरेको हो  ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशलाई जित दिलाउन अहमेद फाहिमले ह्याट्रिक गरे । बंगलादेशको लागि एक गोल नाज्मुल बिश्वासले गरेका थिए । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रीलंकामाथि एकतर्फी जित निकाल्ने क्रममा बंगलादेशले २८ औं मिनेटमा अहमेदको गोलबाट अग्रता बनायो । खेलको ३२ औं मिनेटमा अहमेदले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ४४ औं मिनेटमा नाज्मुलले बंगलादेशको अग्रता दोब्बर बनाए । दोस्रो हाफको  ७४ औं मिनेटमा अहमेद पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि थप गोल हुन् सकेन र खेल बंगलादेशले ४ – ० को सहज जित निकाल्यो ।

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने छ ।  समूह ए मा रहेको बंगलादेश, श्रीलंका र भुटान रहेको छ ।  नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ । 

Global Ime bank

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग सोमबार खेल्ने छ । त्यस्तै दोस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्ने छ । लिगकम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC