site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीको अनशन स्थगित, बदमासी गर्न खोजे फेरि सत्याग्रह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २३ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।  देशभर बाढी पहिरोले सयौं जनाको ज्यान गएको जानकारी पाएका डा. केसी मंगलबार डाँको छाडेर रोएका थिए ।

यसअघि मुलुकका जुनसुकै कुनामा पनि आपत विपदमा परेका नागरिकको सेवामा जुट्ने गरेका केसी देशभर बाढी पहिरोमा परेर सय बढीको ज्यान गएको खबर पाएपछि डाँको छाडेर रोएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले माथेमा प्रतिवेदनको भावनाअनुसारको विधेयक संसद्बाट पारित नभएसम्म कुनै पनि हालतमा अनशन नतोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  तर देशभर बाढीले पारेको असर सुनेपछि उनी सत्याग्रह स्थगित गर्ने अवस्थामा पुगेका थिए ।  सरकारले पनि माग पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दै डा. केसीलाई अनशन स्थगित गर्न आग्रह गरेको थियो ।

मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै केसीले सत्याग्रह स्थगित गरेको जानकारी गराएका हुन् । 
“देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्तिबाट म आहत भएको छु । धेरै परिवारहरुले आफ्ना सदस्य गुमाएका छन् भने धेरैको वास र रोजीरोटीसमेत गुमेको छ । साथै बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौती हामीसामु छ । यस्तो संकटको बेला हामी स बैको जिम्मेवारी पीडामा परेका मानिसहरुलाई सहयोग गर्नु हुन जान्छ । त्यसैले विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु,” केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले विज्ञप्तिमा कुनै पनि बेला बदमासी गर्न खोजे सत्याग्रह पुनः सुरु गर्ने बताएका छन् । 

Global Ime bank


 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC