site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

लुम्बिनी । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ वषर्र््ीय रोसन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

हरिजनको बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ । 

लगातारको वर्षाका कारण रुपन्देही जिल्लाका केही क्षेत्र डुबानमा परेका छन् । जिल्लाको मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बेलबहादुर पाण्डेकाअनुसार सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीस्थित दुर्गा मन्दिर नजिकका– चारवटा घर र कोटहीमाई गाउँपालिका– १ भुजौलीमा एउटा घर डुबानमा परेको छ । 

डुबानमा परेका व्यक्तिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । लगातारको वर्षाले जिल्लाका अधिकांश भाग जलमग्न भएका छन् भने सडक र घरमा पानी पसेको छ । प्रहरीले सतर्कता अपनाउँदै जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिरहेको जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro