site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लगातारको वर्षाले ४ हजार बढी घर डुबानमा परेका छन् । झापा, मोरङ, सुनसरी, महोत्तरी, कैलाली लगायतका जिल्लामा गरी ४ हजार बढी घर डुबानमा परेको हो ।
झापाको बेतिनी खोलामा आएको बाढीले नदी छेंउमा रहेका करिब २० वटा कच्चि घर बगाएको छ । यसैगरी झापा गाउँपालिका ५, ६ र ७ सनामती गाउँमा बिरिङ खोलामा आएको बाढीले बस्ती डुबानमा पर्दा करीब १२ सय घर डुबानमा परेका छन् ।
मोरङको जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करीब १ सय ५० घर डुबानमा परेका छन् । सोही गाउँपालिका–७ महादेव कोल र भिमपुरमा सोही खोलाको बाढी पसी ४ सय घर डुबानमा परेका छन् । यसैगरी रंगेली नगरपालिका–५ बजारमा बक्राह खोलाको बाढी पसेर करीब २० घर डुबानमा परेका छन् । 
महोत्तरीको लोहारपट्टी गाउँपालिका–४ स्थित स्टेशन टोलमा १० वटा घर डुबानमा परेका छन् ।
कैलालीको भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक, सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासंगै आएको बाढीले करीव १ हजार १ सय ५० घरधुरी पूर्ण रुपमा डुवानमा परेका छन् । त्यसैगरी भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी ३ सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेका छन् ।
सोही नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करीव १ हजार घरधुरी आंशिक रुपमा डुवानमा परेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC