site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले बेवास्ता गरेपछि नयाँ शक्तिका रामचन्द्र झा माओवादीमै सक्रिय हुने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा एमालेले बेवास्ता गरेपछि रामचन्द्र झा नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा क्रियाशील हुने भएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलपछि  झा र  रामकुमार शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् । छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका छन् ।

Agni Group
NIC Asia

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेर्डक्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मिला अर्याल पनि सहभागी थिए ।  छलफलपछि नेता झा र शर्माले मधेशमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

झा यसअघि नयाँ शक्ति छाडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारीस्वरुप छलफल थालेका थिए । तर नेकपा एमालेले बेवास्ता गरेको नेताहरुले बताएका छ्न । नेता झाले भने नेकपा एमाले मधेसको मुद्दामा स्पष्ट नभएसम्म सहकार्य गर्न नसकिने बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu