site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ढाकामा हुने म्याराथन प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी प्रस्थान 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने बंगबन्धु म्याराथन  प्रतियोगिता २०२१ मा सहभागी हुन नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपालको तर्फबाट दुईजना एथलेटिक्सका म्याराथन धावकले सहभागिता जनाउने छन् । सहभागी हुन जाने खेलाडीहरुमा पुरुषतर्फ गत सागमा स्वर्ण पदक विजेता खेलाडी किरण सिंह बोगटी र महिलातर्फ गत सागमा रजद पदक विजेता पुष्पा भण्डारी रहेका छन् ।

त्यस्तै प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् । उनीहरुलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीब विक्रम शाहले बिदाई गरेका थिए । कोरानाकालमा खेल गतिविधि नभइरहेका बेला एथलेटिक्स संघले भने खेलाडीहरुलाई सहभागिताका लागि पठाएको हो । संघका अध्यक्ष शाहले अहिले खेलकुदका गतिविधि कम भइरहेको बेला एथलेटिक्स संघले भने पठाएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu