site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप खेल्न जाने नेपाली युवा महिला टिमको बिदाइ

काठमाडौं । आईसीसी यू–१९ विश्वकप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो ।

कार्यक्रममा नेपाली टिमलाई खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले बिदाइ गरेका हुन् । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपालले जनवरी १८ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र २२ मा अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला क्रिकेटको इतिहासमा विश्वकप खेल्ने यो पहिलो टिम हो । प्रतियोगिताको यस संसकरणमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro