काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १०० तहको अन्तिम नतिजा आउँदा एमालेले ४५, कांग्रेसले ३४, माओवादी केन्द्रले १६, राष्ट्रिय जनमोर्चाले २ तथा संघीय समाजवादीले १ ठाउँमा जित हासिल गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा एमाले ५१, कांग्रेस ३०, माओवादी १६, जनमोर्चा २ तथा संघीय समाजवादीले १ ठाउँमा जित हासिल गरेका छन् ।
एमालेले प्रदेश नम्बर १ मा २१ तह, कांग्रेसले ९ तथा माओवादीले ४ तहमा जित हासिल गरेको छ । त्यस्तै प्रदेश नं. ५ मा माओवादीले ९, एमालेले र कांग्रेसले ८/८ तह जितेका छन् भने जनमोर्चाले २ र संघीय समाजवादीले १ स्थानमा जितेका छन् ।
उता प्रदेश नं ७ मा कांग्रेसले २१, एमालेले १५ र माओवादी केन्द्रले २ स्थानमा जित हासिल गरेको छ ।