site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमन्ड विजयी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जर्मन बुन्डेसलिग क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलमा विजयी भएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा डर्टमन्ड जेनिटमाथि २-० ले विजयी भएको हो ।

डर्टमन्डको जितका लागि जाडोन सान्चो र एर्लिङ हालान्डले एक-एक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा डर्टमन्डले दुवै गोल गरेको हो ।

Agni Group
NIC Asia

खेलको ७८औं मिनेटमा डर्टमन्डले घरेलु मैदानमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । जेनिटका डिफेन्डरले पेनाल्टी क्षेत्रमा हाजार्डलाई ट्याकल गरेपछि रेफ्रीले डर्टमन्डलाई पेनाल्टी अवसर दिएका थिए । सोही अवसरलाई सान्चोले गोलमा परिणत गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको इन्जुरी समयमा हालान्डले गोल गरेका हुन् । उनले बेलिङ्हमको पासमा गोल गर्दै घरेलु टोलीलाई २-० को सहज जित दिलाएका हुन् । यो जितसँगै समूह एफमा रहेको डर्टमन्डले पहिलो जित निकालेको छ ।

Global Ime bank

समूहको पहिलो खेल गुमाएको डर्टमन्डले दोस्रो खेलमा जित निकाल्दै समूहमा तीन अंक जोडेको हो । तीन अंक जोडेको डर्टमन्ड समूहको तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको जेनिट अंकविहीन हुँदै समूहको पुछारमा छ । 

त्यस्तै यसै समूहको अर्को खेलमा लाजिओ र क्लब ब्रुग्गेले बराबरी खेलेका छन् । ब्रुग्गेको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu