site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 गैरकानुनी कारोबार गर्नेलाई कारबाही गर्न राष्ट्रिय व्यवसायिक पहलको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्‍ने वस्तुहरुको बिक्री वितरणमा भएको गैर-कानुनी क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनबीआईले आम जनमानसमा गम्भीर असर पार्ने गलत क्रियाकलापको विरोध गर्दै आवश्यक कानुनी कारवाही अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ । 

हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भइ न्युनतम व्यवसायिक आचारसंहिता भित्र रही आफ्नो व्यवसायिक जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई एनबीआईले आग्रह गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मुलुक विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ बाट आक्रान्त छ । कोरोना महामारी नियन्त्रणको लागि सरकारले गरेको ६ महिनाभन्दा लामो लकडाउन तथा निषेधाज्ञाका कारण धराशायी भएको सम्पूर्ण आर्थिक तथा व्यवसायीक क्षेत्रले सरकारले लकडाउन खुकुलो पारेसँगै विस्तारै गति लिन सुरु गरेको छ । 

“मानव सभ्यताकै साझा शत्रुको रुपमा स्थापित हुदै गरेको यस महामारीलाई परास्त गर्न समाजको सवै पक्षको उत्तिकै जिम्मेवारी र दायित्व छ । आम उपभोक्तासंग जोडिने व्यवसायिक क्षेत्र अझ बढी संवेदनशी हुन जरुरी छ,” जारी विज्ञप्तीमा भनिएको छ ।

Royal Enfield Island Ad

जोखिम न्युनीकरणका निम्ति सरकारले अवलम्वन गरेका विविध उपायहरुको बाबजुद संक्रमणको दर तीव्र गतिमा बढ्दै जाँदा थप सन्त्रास र अन्यौलता सिर्जना हुदै गइरहेको आएबीआईले जनाएको छ । 

“अतः सम्पूर्ण उद्यमी व्यवसायी, आम उपभोक्ता सवैले स्वास्थ्य सुरक्षा सम्वन्धी निर्धारित मापदण्डको पुर्ण पालना गरी सुरक्षित समाज निर्माणका लागि आ-आफनो जिम्मेवारीलाई अगाडि बढाउन राष्ट्रिय व्यवसायिक पहल सरोकारवाला सबैसँग हार्दिक आग्रह गर्दछ ।”

स्वच्छ समाज र समृद्ध मुलुक निर्माणको लागि असल व्यवसायिक अभ्यासको प्रवद्र्धन एवं कार्यान्वयनमा सम्वन्धित सवै पक्षको सहयोग एवं सकारात्मक योगदान रहने विश्वास गरेको पहलले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro