site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीभीएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० मोटरसाइकल सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ । अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको बाइक सार्वजनिक गरेको छ । 

टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकामा अब स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको कम्पनीले जनाएको छ । योसँगै विभिन्‍न पाँच भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौंको सानो भर्‍याङमा सुविधा सम्पन्‍न शोरुम पनि सञ्‍चालनमा ल्याएको छ । नयाँ मोटरसाइकल र शोरुमको कम्पनीका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालले गरे । उक्त शोरुमबाट बिक्रीपछिको सर्भिस सुविधा दिइने कम्पनीले जनाएको छ ।

Agni Group
NIC Asia

अग्रवालले ग्राहकको चाहना र बजेटअनुसारको मोटरसाइकल ल्याएको बताए । २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेन्‍जमा यी मोटरसाइकल उपलब्ध हुने उनले बताए । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्‍डर, ४ स्ट्रोक, फोर भल्भ इन्जिन छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्‍नका लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।

चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि हेर्न सकिनेछ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहनेछ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत: रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

Global Ime bank

साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने जनाइएको छ । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पिड डिस्प्लेमा देखिनेछ ।

त्यसैगरी नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युलवार्निङ, क्लक, आरपीएमअर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको जनाइएको छ ।

यस्तो छ मूल्य
कम्पनीले यसअघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य दुई लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो । नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्टसहितको आरटीआर १६० फोर भीको मूल्य तीन लाख ५ हजार ९०० रुपैयाँ रहेको छ । 

त्यसैगरी नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य दुई लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य दु्ई लाख ७४ हजार ९०० रुपैयाँ छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने दुई लाख ९० हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालिको देशभर रहेका सयभन्दा बढी सेल्स, सर्भिस र स्पेयर पार्टस्‌को सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल बिक्रीका लागि राखिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu