विशेष
मोरङ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी दिए ।
मृतकलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि अस्पतालमा ल्याइएको थियो । ती पुरुषले केही वर्षदेखि मिर्गौलाको नियमित डाइलासिस गराउँदै आएका थिए । प्रदेश १ मा कोरोना सङ्क्रमितको मृत्युको सङ्ख्या अहिलेसम्म १०३ पुगेको छ । -रासस
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७ १४:२३
प्रतिक्रिया दिनुहोस्